logo-img

इराकी प्रधानमन्त्रीको निवासमा ड्रोन हमला

इराकका प्रधानमन्त्री मुस्तफा अल कदिमीको निवासमा ड्रोन हमला भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार आइतबार बिहान भएको यस हमलामा प्रधानमन्त्रीको निवासलाई निशाना बनाइएको छ ।

इराकी सेनाले यो हमला प्रधानमन्त्रीको हत्या गर्ने एक प्रयास भएको बताएको छ । यद्यपि प्रधानमन्त्री भने पूर्ण रूपमा सुरक्षित छन् ।



सेनाले जारी गरेको बयानमा यो पनि बताइएको छ कि हमला राजधानी बगदादको ग्रिन जोन इलाकामा भएको थियो । सेनाले यसबाहेक अन्य जानकारी भने उपलब्ध गराएको छैन । 

प्रधानमन्त्रीले सामाजिक सञ्जाल ट्विटरमार्फत् शान्ति बनाइराख्न अपिल गर्दै आफू सुरक्षित रहेको जानकारी दिएका छन् ।

हमलाको बारेमा कुनै पनि संगठनले जिम्मा लिएको छैन । 



ग्रिन जोनमा रहेका पश्चिमी देशका कुटनीतिज्ञहरूले उक्त क्षेत्रमा धमाकाको आवाज सुनेको बताएका छन् ।

बितेका केही दिनयता ग्रिन जोनको बाहिर इरान समर्थित हतियारबन्द संगठनको समर्थकहरूले सरकार विरुद्ध विरोध प्रदर्शन गर्दै आइरहेका छन् ।



प्रदर्शनकारीहरूले गत महिनाको आम चुनावको नतिजाको विरोध गर्दै आएका छन्।
 

  • प्रकाशित मिति : कात्तिक २१, २०७८ आइतबार ११:१७:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया