टि–२० विश्वकप : भारतको सान्त्वना जित

आइसिसी टि–२० विश्वकपमा भारतले तेस्रो जित दर्ता गरेको छ । उसले सुपर १२ को समूह ‘२’ अन्तर्गत सोमबार भएको आफ्नो अन्तिम खेलमा नामिबियालाई ९ विकेटले पराजित गरेको हो । 

१३३ रनको लक्ष्य भारतले १५.२ ओभरमा मात्र १ विकेट गुमाउँदै पुरा गर्यो । भारतको जितमा रोहित शर्मा र केएल राहुलले अर्धशतकीय पारी खेले । 

रोहितले ९.५ ओभरमा जान फ्राइलिङ्कले जिन ग्रिनबाट क्याच गराउनुअघि ३७ बलमा ७ चौका र २ छक्कासहित सर्वाधिक ५६ रनको योगदान दिए ।

राहुलले ३६ बलको सामना गर्दै ४ चौका र २ छक्काको मद्दतमा अविजित ५४ रन प्रहार गर्दा सूर्यकुमार यादव २५ रनमा अविजित रहे 

नामिबियाका लागि १ मात्र विकेट जान फ्राइलिङ्कले  हात पारे ।

यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १३२ रन जोडेको थियो ।



नामिबियाका लागि डेभिड विसेले सर्वाधिक २६ र स्टेफन वार्डले २१ रन जोड्दा जान फ्राइलिङ्क १५ तथा रुवेन ट्रम्पलम्यान १३ रनमा अविजित रहे ।  

भारतका रविन्द्र जडेजा र रविचन्द्रन आश्विनले ३–३ विकेट हात पार्दा जसप्रित बुमराहले २ विकेट लिए ।



प्रतियोगिताबाट बाहिरिसकेको भारतका लागि यो जित केबल सान्त्वनामा मात्र सीमित भएको छ ।

योसँगै भारतले ५ खेलमा ३ जित र २ हारको नतिजासहित सहित ६ अंक जोडेर समूहको तेस्रो स्थान तथा नामिबियाले ४ हार र १ जितसहित २ अंकका साथ पाँचौ स्थानमा रहेर प्रतियोगिताको अन्त्य गरेका छन् । 

यो समूहबाट पाकिस्तान विजेता तथा न्युजिल्यान्ड उपविजेताका रुपमा सेमिफाइनल प्रवेश गरे । 

  • प्रकाशित मिति : कात्तिक २३, २०७८ मंगलबार ७:३१:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया