सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदै

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शनिबार दुई खेलहरू हुँदैछन् । आज हुने दुबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन् । 

दिउँसो १ बजे सुरु हुने पहिलो खेलमा हिमालयन शेर्पा क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । आज दुबै टिम जित निकाल्दै सुखद सुरुआत गर्ने योजनामा छन् । हिमालयन शेर्पा विश्वास श्रेष्ठ तथा संकटा रवि सिलवालको कप्तानीमा मैदान उत्रिनेछ ।

पौने पाँच बजे सुरु हुने ललितपुर डर्बीमा थ्रिस्टार र च्यासल युथ क्लब आमनेसामने हुनेछन् । उपाधि दाबेदार मानिएका थ्रीस्टार र च्यासल आजको खेलमा जित निकाल्दै सुखद सुरुवात गर्ने सोचमा छन् । 

यी दुई छिमेकी प्रतिद्वन्द्वी बीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ । थ्रिस्टार विक्रम लामा तथा च्यासल विराज महर्जनको कप्तानीमा मैदान उत्रिनेछ । 





  • प्रकाशित मिति : मंसिर ४, २०७८ शनिबार ७:४२:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया