कमल थापालाई हराउँदै राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएका छन् । उनले प्रतिद्वन्द्वी कमल थापालाई पराजित गरे ।

आइतबार बिहान भएको मतगणना सकिँदा लिङ्देन विजयी भएका हुन् । तर, निर्वाचन समितिले विजयी घोषणा गर्न बाँकी छ । 

५० मत गन्न बाँकी छँदा २०० मतको अग्रता लिङदेनको भएपछि थापाले पनि बधाई दिएका छन् । उनले लिङदेनसँग पराजय स्वीकारे । 

उनले सामाजिक संजालमा लेखेका छन्, ‘प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसाथ गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्वीकार गर्दछु । नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनलाई बधाई तथा शुभकामना ।’

लिङ्देन ती हुन्, जो २०७४ मा भएको संघीय निर्वाचनमा राप्रपाबाट निर्वाचित एक्ला सांसद पनि हुन् । उनी एकीकरण पूर्व थापा नेतृत्वको पार्टीमा आबद्ध थिए । 

पुर्ख्यौली घर पाँचथर भएका उनी झापामा बसोबास गर्छन् । उनै नेताले राप्रपाको स्थापनाकालदेखि अध्यक्ष भएका थापालाई पराजित गरे । 



पराजयपछि थापाले भनेका छन्, ‘प्रतिकूल परिस्थितिमा समेत हामीमाथि विश्वास र भरोसा गर्ने पार्टीका सम्पूर्ण साथीहरूमा आभारी छु । पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु ।’




  • प्रकाशित मिति : मंसिर १९, २०७८ आइतबार ७:१६:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया