राप्रपा अध्यक्षमा हारेपछि कमल थापाले भने- निर्मल निवासले नांगो हस्तक्षेप गर्‍यो
फाइल तस्बिर

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले पार्टीको निर्वाचनमा ज्ञानेन्द्र निवासले हस्तक्षेप गरेको आरोप लगाएका छन् । 

पार्टी निर्वाचनमा अध्यक्ष पदमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि उनले यस्तो आरोप लगाएको लगाएका हुन् ।

‘पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु । मैले राहत र उन्मुक्ति पाएको छु,’ थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ साल देखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो । सो एजेण्डाको मूल संवाहकलाई राजनीतिकरूपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस् ।’ 

साथै, उनले अध्यक्षमा विजयी भएमा लिङ्देनलाई बधाई तथा शुभकामना दिएका छन् । 

‘प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्विकार गर्दछु । नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनलाई बधाई तथा शुभकामना,’ थापाले लेखेका छन्, ‘प्रतिकूल परिस्थितिमा समेत हामीमाथि विश्वास र भरोसा गर्ने पार्टीका सम्पूर्ण साथीहरूमा आभारी छु ।’  






  • प्रकाशित मिति : मंसिर १९, २०७८ आइतबार ७:१७:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया