कांग्रेस महाधिवेशनमा सहभागी हुन भाजपा नेता हर्षवर्द्धनसहित चार भारतीय नेता काठमाडौंमा

नेपाली कांग्रेसको महाधिवेशनमा भाग लिनका लागि भारतबाट चारजना नेता नेपाल आइपुगेका छन्। 

शुक्रबारबाट सुरु हुने कांग्रेसको १४औँ महाधिवेशनमा भाग लिनका लागि छिमेकी मुलुक भारतबाट चार नेता शुक्रबार काठमाडौं आइपुगेका हुन्।  

कांग्रेसका सहमहामन्त्री एवं महाधिवेशनका लागि विदेशी पाहुना स्वागत तथा व्यवस्थापन समितिका संयोजक प्रकाशशरण महतले भारतबाट चार नेता काठमाडौं आइपुगेको जानकारी दिए । 

उनका अनुसार भारतीय जनता पार्टी (भाजपा) नेता हर्षबर्द्धन र तृणमूल कंग्रेस नेता मुकुल रोयसहित ४ जना नेताहरू काठमाडौं आइपुगेका हुन् ।

अन्य देशका प्रतिनिधिलाई समेत निम्ता गरिएको भए पनि कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको त्रासका कारण धेरै देशबाट प्रतिनिधि नआउने भएका छन् । 





  • प्रकाशित मिति : मंसिर २३, २०७८ बिहीबार २२:५८:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया