भिल्लारियल युइएफए च्याम्पियन्स लिगको नकआउटमा

स्पेनिस क्लब भिल्लारियल युइएफए च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा स्थान बनाउन सफल भएको छ । 

गएराति भएको खेलमा इटालियन क्लब एटलान्टालाई उसकै मैदानमा ३–२ गोल अन्तरले हराउँदै भिल्लारियलले समूह ‘एफ’ को उपविजेताको रूपमा नकआउटमा स्थान बनाएको हो ।

यही समूहबाट म्यानचेष्टर युनाईटेड विजेताको रूपमा अघिल्लो चरणमा स्थान बनायो । 

भिल्लारियलको  जितमा अर्नाउट डानजुमादे दुई तथा इटिन कापोइले एक गोल गरे । पराजित एटलान्टाका रुस्लान मालिनोभ्स्की र डुभान जापटाले गोल गरे । 
 





  • प्रकाशित मिति : मंसिर २४, २०७८ शुक्रबार ७:३३:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया