logo-img

एसियन सेन्ट्रल जोन भलिबल : महिलाले बंगलादेश र पुरुष टोलीले श्रीलंकाकाे सामना गर्दै

एसियन सेन्ट्रल जोन महिला तथा पुरुष च्यालेन्ज कपमा आज नेपाली महिला टोलीले आयोजक बंगलादेश तथा पुरुषले श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । 

बंगलादेशको ढाकास्थित सहिद सुरावर्दी कर्भडहलमा प्रतियोगिताको तेस्रो दिनको पहिलो खेलमा महिलातर्फ नेपाल र बंगलादेश आमनेसामने हुन लागेका हुन् । 

प्रतियोगितामा लगातार जित निकालेको महिला टोली घरेलु टोलीविरुद्व सहज जित निकाल्ने लक्ष्यमा हुनेछ । खेल बिहान सवा ९ बजे सुरु हुनेछ । बिहीबार आफ्नो पहिलो खेलमा श्रीलंकाविरुद्व ३–२ को कठिन जित निकालेको साविक विजेता नेपालले शुक्रबार माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराएको थियो । 



सन् २०१९ मा बंगलादेशमा नै भएको यही प्रतियोगिताको पहिलो संस्करणमा नेपाली महिला टोलीले अपराजित रहँदै फाइनलमा माल्दिभ्सलाई सोझो सेटमा हराएर ऐतिहासिक स्वर्ण पदक जितेको थियो । त्यसबेला टोलीले मुख्य प्रशिक्षक जगदीश भट्टकै प्रशिक्षणमा ऐतिहासिक सफलता हात पारेको थियो । 

पुरुषतर्फको दोस्रो खेलमा श्रीलंकाविरुद्व नेपाल जितको खोजीमा कोर्टमा उत्रिनेछ । प्रतियोगितामा आफ्नो तेस्रो खेल खेल्न लागेको पुरुष टोलीले एक जित र एक हार बेहोरेको छ । खेल पौने ६ बजे सुरु हुनेछ ।

पहिलो खेलमा घरेलु टोली बंगलादेशसँग सोझो सेटमा पराजय भोगेको नेपालले दोस्रो खेलमा उज्वेकिस्तानसँग ३-१ को शानदार जित निकालेको थियो । 



प्रतियोगितामा महिलातर्फ साविक विजेता नेपालसहित आयोजक बंगलादेश, श्रीलंका, किर्गिस्तान, उज्वेकिस्तान र माल्दिभ्स तथा पुरुषतर्फ आयोजक बंगलादेश, नेपाल, श्रीलंका, माल्दिभ्स र उज्वेकिस्तानको सहभागिता छ । 

राउन्ड रोबिन पद्दतिको आधारमा जारी खेलको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । फाइनल खेल आगामी मंगलबार हुनेछ । 



  • प्रकाशित मिति : पुस १०, २०७८ शनिबार ७:१७:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया