प्रधानन्यायाधीशको सम्पत्ति छानबिनका लागि डा. केसी र बृहत् नागरिक आन्दोलन विभाग जाने

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको सम्पत्ति छानबिनको मागका लागि डा. गोविन्द केसी आइतबार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग जाने भएका छन् । 

प्रधानन्यायाधीशको भ्रष्ट आचरणअनुसार उनको परिवारको धन आर्जनको गम्भीर जाँचबुझ गर्न माग गर्दै डा. केसीको अगुवाइमा बृहत् नागरिक आन्दोलनले आइतबार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई ध्यानाकर्षण गराउने भएको हो । 

बृहत् नागरिक आन्दोलनले आइतबार १ बजे, विभाग मुख्यालय, पुल्चोकमा पुगेर ध्यानाकर्षण पत्र बुझाउने जानकारी गराएको छ । 





  • प्रकाशित मिति : पुस १०, २०७८ शनिबार २१:४:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया