अनिल कपुरको डाइलग बोल्दा प्रहरी अफिसर निलम्बित

एजेन्सी– पाकिस्तानको पञ्जाब प्रान्तको पाकपत्तनमा सामाजिक सञ्जालमा भाइरल भएको भिडियाका कारण एक प्रहरी अधिकृतलार्इ सस्पेन्ड गरेकाे छ । 

भिडियोमा भारतीय हिन्दी फिल्मको डाइलग बोलेको देखिन्छ । स्थानीय प्रहरी चौकीका इन्स्पेक्टर मोहम्द अरशद शाहले प्रहरीको बर्दी लगाएर फिल्मको डाइलग बोलेको कारण कारबाही गरिएको पाकिस्तानी प्रहरी स‌ंगठनले जनाएकाे छ । 

प्रहरी प्रवक्ता मोहम्मद आसिफले अरशद प्रहरीको नियमविरुद्ध गएकाले सस्पेन्ड गरेको जानकारी दिए । मोहम्मद अरशदले २०१३ मा बनेको फिल्म ‘शुटआउट एट बडाला’मा अनिल कपुरले बोलेकोे डाइलग ‘दो वक्त की रोटी कमाता हुँ, पाँच वक्तका नमाज पढ्ता हुँ....इससे ज्यादा मेरी जरुरत नहीं और मुझे खरीदनेकी तेरी औकात नहीं...’ (दुई छाक खान पुग्ने कमाउँछु, पाँच पटक नमाज पढ्छु, यो भन्दा धेरै मलाई आवश्यकता छैन र मलाई किन्न सक्ने तेरो हैसियत छैन्..) दोहोर्याइरहेको भिडियोमा देखिन्छ । 

एक निजी च्यानलसँग कुरा गर्दै इन्स्पेक्टर मोहम्मद अरशदले उनको भतिजले टिकटक एपमा भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गरको भिडियो भाइरल भएको बताए । 

यो भन्दा पहिला मार्च महिनामा नाच्दै गरेका एक प्रहरीको भिडियो भाइरल भएको थियो । जसका कारण यो विषयमा प्रहरीको जाँच गर्न परेको थियो । 
 





  • प्रकाशित मिति : मंसिर १२, २०७५ बुधबार १४:२०:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया