logo-img

खराब मौसमका कारण आन्तरिक उडान प्रभावित

प्रतिकूल मौसमका कारण काठमाडौंबाट हुने आन्तरिक उडान प्रभावित भएको छ । मौसममा आएको बदलीका कारण काठमाडौंबाट हुने आन्तरिक उडान प्रभावित भएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार सोलुखुम्बुको लुक्ला र पोखरामा उडान हुन सकेको छैन ।

त्यस्तै, नेपाल एयरलाइन्सले प्रतिकूल मौसमका कारण भोजपुर र ताप्लेजुङको उडान रद्द गरेको छ । आजका लागि १३७ वटा उडान  छ । तर, प्रतिकूल मौसमका लागि धमाधम उडान रद्द भइरहेको उड्डयन कार्यालयले जनाएको छ ।



यसैगरी, धनगढी, भद्रपुर, सिमरा, नेपालगञ्ज, जनकपुर, भैरहवा, सुर्खेत, विराटनगर र भरतपुरमा उडान भइरहेको कार्यालयले जनाएको छ ।  





  • प्रकाशित मिति : पुस १४, २०७८ बुधबार १२:१:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया