दासत्व स्वीकार गरेर विदेसी सहयोग लिइन्नँ : कांग्रेस महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दासत्व स्वीकार गरेर कुनै पनि विदेशी सहयोग नलिइने बताएका छन् । 

बुधबार गृहजिल्ला झापाको मेचीनगरमा पार्टीको १ नं क्षेत्रीय समितिले अयोजना गरेको स्वागत सम्मान तथा पद हस्तान्तरण कार्यक्रममा बोल्दै उनले विदेसी दासत्व स्वीकार गरेर सैन्य र अरु कुनै पनि प्रकारको सहयोग नलिने बताएका हुन् । 

अमेरिकी सहयोग परियोजना एमसिसीबारे नेपाली राजनीति दुई कित्तामा बाँडिएको छ । सोही अवस्थामा कांग्रेस महामन्त्रीबाट आएके धारणालाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

एमसिसीको विषयमा छलफल र परामर्श गरेर मात्र निष्कर्षमा पुगिने उल्लेख गर्दै शर्माले भने, ‘कुनै पनि विदेशी सहयोग लिँदा राष्ट्रियता र राष्ट्रिय स्वाभिमानलाई धितो राखेर लिइँदैन, कसैको सैन्य र अरु कुनै पनि प्रकारको दासत्व स्वीकार गरेर सहयोग ग्रहण गर्न सकिँदैन ।’

देश विकासका लागि अन्तर्राष्ट्रिय सहयोग सदैव स्वागतयोग्य रहने उल्लेख गर्दै उनले राष्ट्रवादको मनोविज्ञानले कहिलेकाहीँ विकासमा अवरोध पुर्याउने गरेको बताए । 





  • प्रकाशित मिति : पुस २१, २०७८ बुधबार २१:३८:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया