दिल्लीमा एकैदिन २१ हजार २५९ जनामा कोरोना संक्रमण

भारतको दिल्लीमा पछिल्लो २४ घण्टामा २१ हजार २५९ जनामा कोरोना संक्रमण देखिएको छ । 

दिल्ली सरकारको तर्फबाट जारी गरिएको बुलेटिनमा सो समयमा २३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको जनाइएको छ । 

राजधानीमा कुल सक्रिय संक्रमितको संख्या ७४ हजार ८८१ रहेको छ । पोजेटिभिटी दर बढेर २५.६५ पुगेको छ । 

भारतमा मंगलबार १ लाख ६८ हजार भन्दा धेरैलाई कोरोना संक्रमण भएको थियो भने २७७ जनाको मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको थियो । 





  • प्रकाशित मिति : पुस २७, २०७८ मंगलबार २०:३४:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया