दिल्लीमा सप्ताहन्त कर्फ्यू हटाउने निर्णय

दिल्ली सरकारले सप्ताहन्तमा लगाइएको कर्फ्यू हटाउने निर्णय गरेको छ । तर, रात्रि कर्फ्यू भने जारी रहनेछ ।

सरकारले विद्यालय भने अझै नखोल्ने निर्णय गरेको बिबिसी हिन्दीले जनाएको छ । सरकारले विवाहमा बढीमा २ सय जनासम्म सहभागी हुन दिने निर्णय पनि गरेको छ ।

बार, रेस्टुरेन्ट र सिनेमा हल ५० प्रतिशत उपस्थितिका साथ खोल्न सकिने छ ।  कोरोना संक्रमितको संख्या बढ्दै गएपछि दिल्लीमा सप्ताहन्तमा कर्फ्यू लगाइएको थियो । तर, अहिले स्थितिमा सुधार आएको छ ।

दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनले आज दिल्लीमा पाँच हजारभन्दा कम कोरोनाका केसहरू रिपोर्ट हुने बताएका छन् । यसअघि अरविन्द केजरीवालले दिल्लीमा केही प्रतिबन्ध हटाउन सकिने पनि संकेत गरेका थिए ।





  • प्रकाशित मिति : माघ १३, २०७८ बिहीबार १४:४२:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया