कोरोनाका कारण छाउन सकेन ल्होसारको रौनक
फाइल तस्बिर

तामाङ समुदायको विशेष पर्व सोनाम ल्होसार आज (बुधबार) देशभर मनाइएको छ । काठमाडौंसहित देशभरका विभिन्न स्थानमा तामाङ समुदायले ल्होसार पर्व मनाएका हुन् । 

गत काठमाडौंको टुँडिखेलमा हरेक वर्ष ल्होसारको रौनकता छाउने भए पनि यस वर्ष भने कोरोना महामारीलाई मध्यनजर गर्दै सांस्कृतिक कार्यक्रम हुन सकेन । 

गत वर्षमा ल्होसारको रौनक फरक भए पनि यस वर्ष टुँडिखेलमा कुनै कार्यक्रम नरहेकोले नरमाइलो लागेको टुँडिखेल पुगेकाहरु बताउँछन् । कोरोना भाइरसका कारण यस वर्ष घरमा पनि मानिसहरु भेला भएर राम्रोसँग मनाउन नपाएको उनीहरुले बताए । 

सांस्कृतिक कार्यक्रम गर्नैपर्छ भन्ने नभए पनि सधैँ गरिरहेको, तर यस वर्ष नहुँदा रमाइलो नलागेको उनीहरुको भनाइ छ ।

सरकारले तामाङ समुदायको विशेष पर्व सोनाम ल्होसारको अवसरमा बुधबार सार्वजनिक बिदा समेत दिएको थियो । 





  • प्रकाशित मिति : माघ १९, २०७८ बुधबार १८:८:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया