१८ वर्षमा पहिलो पटक फेसबुकका दैनिक सक्रिय प्रयोगकर्ता घटे

आफ्नो १८ वर्षको इतिहासमा पहिलो पटक, सामाजिक सञ्जाल फेसबुकले आफ्नो दैनिक सक्रिय प्रयोगकर्ता (डेली एक्टिभ युजर्स) को संख्यामा गिरावट आएको बताएकाे छ ।

फेसबुकको मूल कम्पनी मेटा नेटवर्क्सले डिसेम्बरको अन्त्यसम्मको तीन महिनामा दैनिक सक्रिय प्रयोगकर्ताको संख्या १.९३० बिलियनबाट घटेर १.९२९ बिलियन पुगेको जनाएकाे छ।

टिकटक र युट्युबजस्ता प्रतिद्वन्द्वीहरूको तुलनामा आम्दानी पनि कम हुने कम्पनीकाे आशंका छ । साथै विज्ञापन कम्पनीहरूले आफ्नो खर्च कटौती गरिरहेका छन् ।

मेटाकाे सेयरमा २०% भन्दा बढी गिरावट आएकाे छ ।

मेटाको सेयर मूल्यमा आएको गिरावटले कम्पनीको सेयर बजार मूल्यमा २०० अर्ब डलरभन्दा बढी घाटा पुगेको छ । 

ट्विटर, स्न्यापच्याट, पिन्ट्रेस्टलगायत अन्य सामाजिक मिडिया प्लेटफर्महरूको सेयरमा पनि तीव्र गिरावट आएको छ ।





  • प्रकाशित मिति : माघ २०, २०७८ बिहीबार ११:४५:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया