सिरियाको उत्तरी क्षेत्रमा भिडन्त : १० सर्वसाधारणको मृत्यु

सिरियाको उत्तरी क्षेत्रमा भएको भिडन्तमा परी १० जना सर्वसाधारणको ज्यान गएको छ । सो क्षेत्रमा सिरियाको टर्कीस् र कुर्दिस मिलिसियाका बीचको भिडन्त भएको थियो । त्यसमा परेर १० जना सर्वसाधारणको ज्यान गएको यहाँका सुरक्षा अधिकारीहरूले जनाएका छन् ।

सिरियाको उत्तरी सहर अलेपोमा कुर्दिस् र टर्कीस् मिलिसियाका बीचमा भिडन्त भएको सिरियाली सरकारी समाचार समिति, सानाले जनाएको छ । सो सहरको बस्तीमा दुई पक्षका हतियारधारीका बीचमा दोहोरो गोली हानाहान भएको र त्यसमा सर्वसाधारण परेका सो समाचार समितिले जनाएको छ ।

उक्त सहरमा केही समयतादेखि हिंसा भइरहेको छ । यसरी हुने विभिन्न सशस्त्र समूहहरुका भिडन्तमा सर्वसाधारणले ज्यान गुमाउने गरेका पनि समाचारमा जनाइएको छ । -सिन्ह्वा





  • प्रकाशित मिति : माघ २०, २०७८ बिहीबार १३:१४:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया