एमसिसीको विरोधमा भोलि नेपाल बन्दको घोषणा
फाइल तस्वीर

अमेरिकी सहयोग परियोजना एमसिसीको विरोधमा भोलि नेपाल बन्दको घोषणा गरिएको छ । एमसीसी सम्झौता विरुद्ध छवटा कम्युनिस्ट पार्टी र एउटा मोर्चाले नेपाल बन्दको घोषणा गरेका हुन् ।

मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपालले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै बुधबार देशव्यापी बन्द आह्वान गरेका हुन् ।

नेपाली जनताको एमसिसी कम्प्याक्ट विरोधी संघर्ष र शेरबहादुर देउवा सरकारलगायत अमेरिकी साम्राज्यवादका दलाल एवं एमसिसी कम्प्याक्टका पिछलग्गुहरूबीचको पेचिलो संघर्षको मोर्चाका क्रममा अमेरिकी साम्राज्यवादको हस्तक्षेप, दबाब एवं धम्की र देउवा सरकारलगायत राष्ट्रघाती एवं जन घाति दलालहरूको आत्मसमर्पणका कारण फागुन ४ गते बोलाइएको संसद् बैठकमा एमसिसी कम्प्याक्ट सदनमा टेबुल गर्ने र पारित गर्ने अन्तिम प्रपञ्च गरिराखेको र उक्त राष्ट्रघाती षड्यन्त्र विरुद्ध राष्ट्रिय मुक्ति आन्दोलन सञ्चालन गर्नु आवश्यक छ,' विज्ञप्‍तिमा भनिएको छ ।





  • प्रकाशित मिति : फागुन ३, २०७८ मंगलबार २०:३९:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया