च्याम्पियन्स लिगमा हारबाट जोगियो म्यानचेस्टर युनाइटेड

च्याम्पियन्स लिगमा आज विहान सम्पन्न अन्तिम-१६ को पहिलो लेगमा स्पेनिस क्लब एटलेटिको मड्रिडले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडसँग बराबरी खेलेको छ ।एटलेटिकोको घरेलु मैदान स्टेडियो वान्डा मेट्रोपोलिटानोमा दुवै टोलीले १–१ को बराबरी खेलेका हुन् ।

सुरुआती अग्रता जोगाउन नसक्दा घरेलु टोलीले बराबरीमा चित्त बुझाउनुपर्‍यो । खेलको सातौं मिनेटमै रेनान् लोडीको पासमा जाओ फिलिक्सले एटलेटिकोलाई अग्रता दिलाएका थिए ।

८० औं मिनेटमा एन्थोनी एलान्गाले युनाइटेडलाई १–१ को बराबरीमा ल्याए । उनले ब्रुनो फर्नान्डेसको पासलाई  सदुपयोग गरेका थिए । त्यसपछि थप गोल हुन नसक्दा खेल बराबरीमा टुङ्गियो । योसँगै युनाइटेड च्याम्पियन्स लिगमा ५०० गोल पूरा गर्ने पहिलो इंग्लिस क्लब बनेको छ । 

त्यस्तै, फर्नान्डेस च्याम्पियन्स लिगको लगातार ६ खेलमा गोलका लागि अवसर सिर्जना गर्ने पहिलो प्रिमियर लिग खेलाडी बनेका छन् । उनले सन् १९९८ मा डेविड बेकहामले युनाइटेडकै लागि बनाएको पाँच खेलको कीर्तिमान तोडेका हुन् ।

दोस्रो लेग १६ मार्चमा युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा हुनेछ । च्याम्पियन्स लिगअन्तर्गतकै अर्को खेलमा पोर्चुगलको बेन्फिकाले डच टोली आयाक्ससँग दुई–दुई गोलको बराबरी खेलेको छ ।  






  • प्रकाशित मिति : फागुन १२, २०७८ बिहीबार ७:२४:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया