बाबुराम भट्टराईकाे कटाक्ष प्रचण्ड र नेपाललाई, भन्छन्- भेडाको खोल ओढ्ने ब्वाँसाहरू हुन्

जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई ‘भेडाको खोल ओढ्ने ब्याँसा’को संज्ञा दिएका छन् । 

अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसिसी) संसदबाट अनुमोदन गर्ने विषयमा प्रचण्ड र नेपालले दोहोरो भूमिका निर्वाह गरेपछि भट्टराईले यस्तो कटाक्ष गरेका हुन् । 

‘कुनैपनि राजनीतिक/सामाजिक मुद्दामा पक्ष र विपक्ष हुनु स्वाभाविक कुरा हो । पक्ष र विपक्षमा हुने दुवैले आफ्नो सोंच/निष्ठाको धर्म निर्वाह गर्छन्’, भट्टराईले आइतबार बिहान सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘तर आफ्नो निजी/दलीय/गुटीय स्वार्थनिम्ति दोहोरो भूमिका खेल्नेहरू समाजका दुश्मन हुन् ! भेडाको खोल ओढ्ने ब्वाँसाहरू बढी खतरनाक हुन्छन् भन्ने बुझौं !’ 

एमसिसीलाई लिएर सत्तारूढ दलहरु विभाजित भएपछि भट्टराईले निजी स्वार्थको लागि नेताहरूले दोहोरो भूमिका खेलेको आरोप लगाएका हुन् । 
 





  • प्रकाशित मिति : फागुन १५, २०७८ आइतबार ११:१२:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया