एमालेले आज पनि संसदमा विरोध गर्ने, सत्तारुढले एमसिसी पारित गर्ने
फाइल तस्वीर ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आज बस्ने प्रतिनिधिसभा बैठकमा पनि अवरोध जनाउने भएको छ । आफ्नो पार्टीले कारवाही गरेका १४ सांसदलाई तत्काल निलम्बन गर्नु पर्ने माग राख्दै एमालेले भदौदेखि संसदमा विरोध जनाउँदै आएको छ । 

आज बस्ने भनिएको प्रतिनिधि सभा बैठकमा सत्तारुढ गठबन्धनले अमेरिकी सहयोग परियोजना एमसिसी पारित गर्ने निर्णय गरेको छ । तर, यसको संसदीय प्रक्रियामा एमाले सहभागी नहुने भएको हो ।

‘हामीले राखेका माग पूरा भएका छैनन्,’ एमाले नेता खगराज अधिकारीले फरकधारलाई बताए, ‘त्यसैले आज पनि हामी संसदमा विरोध जारी राख्छौँ । एमसिसीको विषय सरकारको हो, त्यो प्रक्रियामा हामी सहभागी हुने भएनौँ ।’

एमाले संसदीय प्रक्रियामा सहभागी नहुँदा सत्तारुढ गठबन्धनलाई एमसिसी पारित गराउन थप सहज हुने भएको छ । संसदमा उपस्थित संख्याको आधारमा व्याख्यात्मक टिप्पणीसहित बहुमतले आज एमसिसी पारित गर्दै छ ।






  • प्रकाशित मिति : फागुन १५, २०७८ आइतबार १२:३१:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया