पञ्जाबको कप्तानी मयन्कले गर्ने

यो संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) का लागि पञ्जाब किंग्सले भारतीय क्रिकेट टोलीका ब्याटर मयन्क अग्रवाललाई कप्तानी जिम्मेवारी सुम्पिएको छ ।

पञ्जाबले आज(सोमबार) अग्रवाललाई नयाँ कप्तान चयन गरेको जानकारी दिएको हो । 

सन् २०१८ देखि पञ्जाबको हिस्सा रहेका अग्रवाल गत वर्ष केएल राहुल कप्तान हुँदा टोलीको उपकप्तान रहेका उनले राहुलको अनुपस्थितिमा केही खेलमा कप्तानी गर्ने अवसर पनि प्राप्त गरेका थिए ।

राहुलले टोली छाडेपछि कप्तानविहीन बनेको पञ्जाबले अग्रवाललाई रिटेन गरेको थियो । नयाँ कप्तानमा नियुक्त भएपछि अग्रवालले टोलीको मुख्य उद्देश्य उपाधि जित्ने हुने बताएका छन् ।    





  • प्रकाशित मिति : फागुन १६, २०७८ साेमबार १४:२:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया