logo-img

भिजिट भिसामा कडाइ गर्दै सरकार, १० लाख आम्दानी र ५ लाख बचत अनिवार्य हुनुपर्ने

सरकारले भिजिट भिसामा विदेश जान कम्तिमा पनि हरेक वर्षमा १० लाख आम्दानी हुनुपर्ने प्रावधान ल्याउने तयारी गरेको छ । भिजिट भिसा र सोबाट सिर्जित समस्या तथा समाधानका उपायहरू सम्बन्धमा सिफारिस गर्न गठित कार्यदलले प्रावधानमा त्यस्तो व्यवस्था हुनुपर्ने  उल्लेख गरेको हो ।

कार्यक्रममा कार्यदलका संयोजक गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार यो प्रतिवेदन कार्यविधि बनाएपछि कार्यान्वयनमा आउनेछ । प्रतिवेदनमा आम्दानी सँगसँगै कम्तिमा ५ लाख नगद मौजदात हुनुपर्ने प्रावधानसमेत उल्लेख गरिएको छ । सरकारको नयाँ व्यवस्थाले न्यून आय भएका नेपाली भिजिट भिसामा विदेश जानबाट रोकिने देखिन्छ ।

कागजात सामान्यरुपमा शंकास्पद देखिएको तर फर्जी हो भन्ने यकिन गर्न नसक्ने भएका यात्रुलाई प्रस्थान अनुमति दिई छानबिनका लागि कागजान विभागमा पठाउनुपर्ने प्रतिवेदनमा उल्लेख छ ।   







  • प्रकाशित मिति : फागुन १९, २०७८ बिहीबार ७:२२:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया