logo-img

युद्धविरामकै बीच यमनमा भिडन्त, कम्तीमा २९ लडाकु मारिए

दुबई– विद्रोहीको नियन्त्रणमा रहेको यमनको होडेइडा सहरमा युद्धविरामकै बीच हवाई आक्रमणसँगै स्थलगत भिडन्त भएको छ । 

संयुक्त राष्ट्रसंघको पहलमा भएको युद्धविरामको उल्लंघन गर्दै भिडन्त भएको सरकारपक्षीय श्रोत तथा स्थानीयवासीले बताएका छन् । 

शनिबार राति भएको भिडन्तमा परी कम्तीमा २९ लडाकुको मृत्यु भएको छ । मृत्यु भएकामध्ये २२ जना हुथी विद्रोही रहेको जनाइएको छ । अल डुरायहिमी जिल्लामा भएको भिडन्तका क्रममा सातजना विद्रोहीलाई नियन्त्रणमा लिइएको सरकारपक्षीय श्रोतले जनाएको छ । 



घटनास्थल होडेइडादेखि २० किलोमिटर टाढा पर्दछ । स्थानीयवासीले टेलिफोनमा दिएको जानकारीअनुसार गोली हानाहानको आवाज रातभर सुनिएको थियो । उनीहरुले आइतबार बिहान ५ बजेसम्म भिडन्त भएको बताएका छन् । 

राष्ट्रसंघको पहलमा यमनको सरकार र विद्रोहीबीच शान्ति वार्ता गराउने गरी केही समयअगाडि भएको युद्धविराम जारी नै छ । 





  • प्रकाशित मिति : पुस १, २०७५ आइतबार १९:३१:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया