logo-img

सिरी ‘ए’ मा युभेन्टसको शानदार जित

इटालियन सिरी ‘ए’ अन्तर्गत गएरातिको खेलमा युभेन्टस विजयी भएको छ । युभेन्टसले घरेलु टोली साम्पडोरियामाथि ३–१ को सहज जित हात पारेको हो ।​ 

लुइगी फेरारिस स्टेडियममा युभेन्टसलाई जित दिलाउन अल्भारो मोराटाले २ गोल गर्दा १ गोल आत्मघाती उपहारस्वरूप प्राप्त भयो । अब्देल हामिद साविरीले घरेलु टोलीका लागि १ गोल फर्काए । 

माया योसिदाको आत्मघाती गोलमार्फत युभेन्टसले अग्रता लिएको थियो । ३४ औं मिनेटमा मोराटाले पेनाल्टीमा गोल गर्दै पाहुना टोलीको अग्रता दोब्बर बनाए । 

७४ औं मिनेटमा एन्टोनियो क्यानड्रेभा पेनाल्टीमा चुक्दा साम्पडोरियाले गोल अन्तर कम गर्ने मौका चुकायो । ८४ औं मिनेटमा साविरीले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए ।

८८ औं मिनेटमा मोराटाले व्यक्तिगत दोस्रो गर्दै युभेन्टसलाई ३–१ को सहज जित दिलाए । यो जितसँगै युभेन्टस २९ खेलमा ५६ अंक जोड्दै चौथो तथा पराजित साम्पडोरिया समान खेलबाट २६ अंकका साथ १६ औं  स्थानमा यथावत छन् । 






  • प्रकाशित मिति : फागुन २९, २०७८ आइतबार ७:४३:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया