रवीन्द्र अंकल, जुन दिन हामी गाली गर्न छाड्नेछाैँ, त्यो दिन तपाईंको राजनीति सकिनेछ : मिलन पाण्डे

स्थानीय तहको निर्वाचन नजिकिएपछि दलहरू चुनावी अभियानमा जुटिसकेका छन् । उनीहरू उम्मेदवार छान्नदेखि गाउँमा चुनावी वातावरण बनाउन व्यस्त छन् । तर, आफूलाई वैकल्पिक शक्तिको उपमा दिएको विवेकशील साझा पार्टी भने आन्तरिक विवादमै अल्झिएको छ ।

केही दिनअघि पार्टी अध्यक्ष रवीन्द्र मिश्रले केन्द्रीय समितिमा अनुपस्थित भएको, कतिपयले समानान्तर गतिविधि गरेको र लेबीसमेत नतिरेको भन्दै २६ केन्द्रीय सदस्यलाई जिम्मेवारीबाट मुक्त गरेपछि पार्टीभित्रको विवाद फेरि उत्कर्षमा पुगेको हो । मिश्रले कारबाही गरेको सूचीमा उज्ज्वल थापासँगै २०६९ जेठमा वैकल्पिक राजनीति थालेर पार्टीको जग बनाउन योगदान गरेका पुकार बम पनि परेका छन् । 

पुकारको पनि जिम्मेवारी खोसेपछि विवेकशील साझाका तत्कालिन संयोजक मिलन पाण्डेले मिश्रको यो निर्णय देखेर दया लागेको प्रतिक्रिया दिएका छन् । ‘पुकार बम ती पात्र हुन् जसले कोरोनाको बेलामा ५०० दिनसम्म हजारौँलाई खाना खुवाए ।

‘इनफ इज इनफ’को बेलामा नागरिकका निम्ति १२ दिनसम्म अनशन बसे । दोस्रो लकडाउनमा देशवासीलाई घर घरमा पुगेर अक्सिजन र खाना खुवाए,’ मिलनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यति काम कुन नेताले गरेको छ यो ५ वर्षमा? मलाई यसपालि चाहिँ रिस उठेन, बरु दया लाग्यो ।’

उनले अगाडि भनेका छन्, ‘यति बुझ्नुहोस् रवीन्द्र अङ्कल, जुन दिनबाट हामी तपाईँलाई गाली गर्न छोडिदिनेछौँ, त्यो दिनबाट तपाईँको राजनीति सकिने छ ।’ विवेकशील साझाले गत ६ पुसमा पाण्डेलाई साधारण सदस्यसमेत नरहने गरी निस्कासन गरेको थियो । पार्टीले लिने विचारलगायत विषयमा कुरा नमिल्दा मिश्र र पाण्डे पक्षबीचको विवाद समाधान हुन सकेको छैन । 





  • प्रकाशित मिति : चैत २, २०७८ बुधबार १०:५३:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया