चार्ल्स शोभराजको पेसी श्रेष्ठ र माथेमाको इजालसमा
फाइल तस्बिर

‘बिकिनी किलर’ भनेर चिनिएका अपराधी चार्ल्स शोभराज गुरुमुखको बन्दीप्रत्यक्षीकरण मुद्दाको आज सुनुवाइ हुँदैछ । न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र सुष्मालता माथेमाको संयुक्त इजलासमा सुनुवाइका लागि मुद्दाको पेसी तोकिएको छ । 

गत ७ पुसमा उमेरका कारण कैद मुक्त हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा अधिवक्ता शकुन्तला थापामार्फत रिट दायर गरेका थिए । शोभराज ७७ वर्षीय हुन् । असल चालचलन भएका ७० वर्ष माथिका कैदीलाई ७५ प्रतिशत कैद छुट दिने कानुनी सुविधा छ ।

सोहीअन्तर्गत उनले कैद छुटको माग गर्दै रिट दिएका हुन् । सन् १९७५ मा अमेरिकी र क्यानेडियन नागरिकको काठमाडौं र भक्तपुरमा दुई दिनको अन्तरमा भएको हत्या घटनामा उनी दोषी ठहरिएका छन् । 

उनी सन् २००३ देखि कारागार कार्यालय जगन्नाथदेवल सुन्धारामा छन् । 





  • प्रकाशित मिति : चैत ८, २०७८ मंगलबार ११:२५:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया