मिलन पाण्डे भन्छन्– रवीन्द्र मिश्रलाई शुभकामनासहित राप्रपामा जान दिऔँ

साझा विवेकशील पार्टीका संयोजक मिलन पाण्डेले पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई शुभकामनासहित राष्ट्रिय प्रजातन्त्र पार्टीमा जान दिनु पर्ने तर्क गरेका छन्  ।

पछिल्लो समय साझा विवेकशील पार्टीमा मिश्र र पाण्डेको समूहबीच निकै धेरै असमानता देखिएका छन्, विवाद देखिएका छन् । 

केही दिन यता मिश्र र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनबीच पार्टी एकीकरणको विषयमा छलफल भएको समाचार बाहिर आएका थिए । स्रोतका अनुसार यी दुई अध्यक्षबीच पार्टीको चुनाव चिन्हको विषयमा मात्र कुराकानी मिल्न बाँकी रहेको छ । 

यही सन्दर्भलाई लिएर मिलन पाण्डेले मिश्रलाई राप्रपामा जान दिनु पर्ने बताएका हुन् । तर, यसका लागि उनले केही सर्तहरु चाहिँ राखेका छन् । ११ साउनदेखिका सबै घटनालाई वैकल्पिक राजनीतिको इतिहासको रेकर्डबाट हटाएर मिश्रलाई राप्रपामा जान दिन हुने उनले उल्लेख गरेका छन् ।

उनले चार बुँदामा आफ्नो असन्तुष्टि जाहेर गरेका हुन् । यसअघि सर्वोच्च अदालतमा पुगेको पाण्डे समूहलाई अदालतबाट साथ मिलेको थिएन । त्यसपछि उनीहरु फेरि कानुनी लडाइँमा जाने बताइरहेका छन् ।

अर्कोतिर मिश्रले पाण्डेसहित उनको समूहका केही नेताहरुलाई कारवाही गरेका छन् । यही प्रसंगमा मिलन पाण्डेले लेखेका छन्ः





  • प्रकाशित मिति : चैत ११, २०७८ शुक्रबार १०:५६:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया