एकदिवसीय अन्तर्राष्ट्रियमा सन्दीपको ५० विकेट पूरा

नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रियमा ५० विकेट पूरा गरेका छन् । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको दोस्रो तथा अन्तिम खेलको १२.१ ओभरमा पपुवा न्युगिनीका चार्ल्स अमिनीलाई व्यत्तिगत ३५ रनमा एलबिडब्ल्युको सिकार बनाउँदै सन्दीपले यो सफलता हात पारेका हुन् ।

योसँगै सन्दीप एकदिवसीय अन्तर्राष्ट्रियमा ५० विकेट पूरा गर्ने पहिलो नेपाली बलर बनेका छन् । 

सन्दीपले २२ खेलमा ५० विकेट पूरा गरेका हुन् । यो एकदिवसीय अन्तर्राष्ट्रियमा दोस्रो सर्वाधिक छिटो ५० विकेट हो ।

एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक छिटो ५० विकेट पूरा गर्ने कीर्तिमान श्रीलंकाका पूर्व खेलाडी अजान्था मेन्डिसको नाममा छ । उनले मात्र १९ खेलमा यो सफलता हात पारेका थिए । 

सन् २०१८ मा नेदरल्यान्डस विरुद्धको खेलबाट एकदिवसीय अन्तर्राष्‍ट्रियमा डेब्यु गरेका सन्दीपले त्यही खेलमा स्टेफन माइबर्गलाई आफ्नो पहिलो सिकार बनाए ।
उनले माइबर्गलाई १२.२ ओभरमा व्यक्तिगत २९ रनमा बोल्ड गराएका थिए ।   





  • प्रकाशित मिति : चैत १२, २०७८ शनिबार १४:५४:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया