त्रिकाेणात्मक टी-२० सिरिज : नेपालकाे विजयी सुरुवात

त्रिकाेणात्मक टी-२० सिरिजमा घरेलु टाेली नेपाल विजयी सुरुवात गरेकाे छ ।

नेपालले  साेमबार भएकाे पहिलाे खेलमा पपुवा न्युगिनी (पिएनजी)माथि  १५ रनकाे जित हात पारेकाे हाे ।

१८४ रनकाे लक्ष्य पछ्याएकाे पिएनजीले १९.२ ओभरमा सबै विकेट गुमाउँदै १६८ रन मात्र  बनाउन सक्याे ।

पिएनजीका लागि नाेर्मन भानुआले अर्धशतकीय पारी खेले । २९ बलकाे सामना गरेका उनले ५ चाैका र ४ छक्कासहित ५२ रन बनाए ।

सेसे बाउले ३० र चार्ल्स अमिनीले २२ रन जाेडे ।

आठाैं विकेटका लागि भानुआ र चाड साेपरले ६७ रनकाे साझेदारी गरे पनि पिएनजीलाई जित दिलाउन भने सकेनन् ।  साेपर १२ रनमा अविजित रहे ।



नेपालका कप्तान सन्दीप लामिछाने र करण केसीले ३-३, अविनास बाेहराले २ तथा साेमपाल कामीले १ विकेट हात पार्दा १ विकेट रन आउटका रूपमा प्राप्त भयाे । 

यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८३  रन बनाएकाे थियाे ।



नेपालका लागि आसिफ शेखले सर्वाधिक ४३ रनकाे याेगदान दिए ।

११.३ ओभरमा अली नाओले सिमाेन अटाइबाट क्याच गराउनुअघि उनले ३५ बलकाे सामना गर्दै ५ चाैका र १ छक्का प्रहार गरे ।

राेहितकुमार पाैडेलले ३४ र आरिफ शेखले ३१ रन बनाए ।

दोस्रो विकेटका लागि आसिफ र रोहितले ८० रनकाे साझेदारी गरेका थिए ।

पिएनजीका लागि चार्ल्स अमिनी, अली  नाओ र चाड साेपरले २-२ तथा रिले हिकुरे र नाेर्मन भानुआले १-१ विकेट हात पार्दा १ विकेट रन आटका रूपमा प्राप्त भयाे।

आफ्नो दोस्रो खेल पिएनजीले मंगलबार तथा  नेपालले बुधबार मलेसियासँग खेल्नेछ ।

  • प्रकाशित मिति : चैत १४, २०७८ साेमबार १६:८:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया