त्रिकाेणात्मक सिरिज : नेपालकाे लगातार दोस्रो जित, मलेसिया ६ विकेटले पराजित

त्रिकाेणात्मक टी-२० सिरिजमा घरेलु टाेली नेपाल विजयी भएकाे छ ।

नेपालले आज सम्पन्न खेलमा मलेसियालाई ६ विकेटले हराउँदै लगातार दोस्रो जित दर्ता गरेकाे हाे ।

११५ रनकाे लक्ष्य नेपालले  १३.४ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍याे ।

नेपालका लागि आसिफ शेखले अर्धशतकीय पारी खेले । १२.३ ओभरमा सायद अजिजले ऐनुल  हाफिजबाट क्याच गराउनुअघि उनले ३८ बलकाे सामना गर्दै ७ चाैका र १ छक्कासहित ५७ रन बनाए ।

तेस्रो विकेटका लागि आसिफ र दीपेन्द्रसिंह ऐरीले ७० रनकाे  साझेदारी गर्दै  नेपालकाे पारी उकासेका थिए । दीपेन्द्र  २१ रनमा आउट भए ।

दिलिप नाथ १५ रनमा अविजित रहँदा राेहितकुमार पाैडेलले १२ रन जाेडे ।



मलेसियाका लागि पवनदीप सिंहले २ तथा  महम्मद अमिर र सायद अजिजले १/१ विकेट हात पारे ।

यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ राेजेकाे मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११४ रन बनाएकाे थियाे ।



मलेसियाका लागि जुबैदी जुल्किफ्लेले सर्वाधिक ३२ रनकाे याेगदान दिए ।

कप्तान अहमद फइजले २४, माेहम्मद आमिरले १६ र सायद अजिजले १४ रन बनाउँदा अन्य ब्याटरले दाेहाेराे अंकमा रन जाेड्न सकेनन् ।

नेपालका लागि सन्दीप लामिछाने र  करण केसीले २/२ तथा अविनाश बाेहरा, दिपेन्द्रसिंह ऐरी, कुशल  मल्लले १/१ विकेट हात पार्दा १ विकेट रन आउटका रूपमा प्राप्त भयाे ।

याे जितसँगै नेपालले २ खेलमा ४ अंक जाेड्दा पहिलाे पराजय बेहाेरेकाे मलेसियाकाे समान खेलबाट २ अंक छ ।

आफ्नो पहिलाे खेलमा नेपाल र मलेसियाले पपुवा न्युगिनीमाथि क्रमश: १५ र ८ रनकाे जित हात पारेका थिए ।

नेपालले तेस्रो खेलमा बिहिबार तथा मलेसियाले शुक्रबार पपुवा न्युगिनी(पिएनजी)काे सामना गर्नेछ ।
 

  • प्रकाशित मिति : चैत १६, २०७८ बुधबार १५:२६:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया