त्रिकाेणात्मक सिरिज : नेपालकाे नजर फाइनलमा
फाइल फाेटाे

घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत नेपालले आज (बिहीबार) तेस्रो खेलमा पपुवा न्युगिनी (पिएनजी) सँग प्रतिस्पर्धा गर्दैछ ।

खेल त्रिवि क्रिकेट मैदानमा साढे १२ बजे  सुरु हुनेछ ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाल आज पिएनजीलाई हराएर एक खेलअघि नै  फाइनल पुग्न चाहन्छ । 

‘हाम्रो लक्ष्य भनेकै लगातार चार खेल जित्दै घरेलु मैदानमा शृंखला उचाल्ने हो’ , बुधबार मलेसियालाई पराजित गरेपछि कप्तान सन्दीपले भने । 

सिरिजको पहिलो खेलमा नेपालले पिएनजीलाई १५ रनले हराउँदा दोस्रो खेलमा बुधबार मलेसियालाई ६ विकेटले हराएको थियो ।

नेपाल २ खेलबाट ४ अंक जोडेर तालिकाको शीर्ष स्थानमा छ । पिएनजीले ‍अंक जोड्न सकेको छैन । पिएनजी पुछारमा  छ ।



मलेसिया १ जित र १ हारसँगै २ अंककासाथ तालिकाको दोस्रो स्थानमा छ ।



  • प्रकाशित मिति : चैत १७, २०७८ बिहीबार ७:३२:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया