त्रिकाेणात्मक सिरिज : अपराजित रहने साेचमा नेपाल, मलेसियालाई जित्नै पर्ने दबाब

त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिजमा नेपालले आज मलेसियाकाे सामना गर्दैछ ।

खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा साढे १२ मा सुरु हुनेछ ।

नेपाल आज मलेसियालाई हराएर लगातार चौंथो जितका साथ अपराजित रहँदै फाइनल पुग्न चाहन्छ ।

३ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको नेपाल यसअघि नै फाइनल पुगिसकेको छ ।

मलेसिया पनि नेपाललाई हराएर फाइनल पुग्ने साेचमा छ । मलेसिया ३ खेलमा २ अंक जोडेर तेस्रो स्थानमा छ ।

फाइनलमा स्थान बनाउन जित्नै पर्ने दबाबमा रहेकाे मलेसिया आज पराजित भए प्रतियाेगिताबाट बाहिरिनेछ ।



आज मलेसिया पराजित भएमा ४ खेलमा २ अंक जोडेर दोस्रो स्थानमा रहेकाे पपुवा न्युगिनी (पिएनजी)ले फाइनलमा नेपालको सामना गर्नेछ ।  

सिरिजकाे पहिलाे खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराएकाे थियाे । ऊ आज पनि त्यसलाई निरन्तरता दिन चाहन्छ ।



मलेसिया पनि हारकाे बदला लिँदै फाइनलमा स्थान पक्का गर्ने प्रयासमा हुनेछ ।
 

  • प्रकाशित मिति : चैत १९, २०७८ शनिबार ७:५६:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया