त्रिकाेणात्मक सिरिज : नेपालले पहिला ब्याटिङ गर्ने, टाेलीमा एक परिवर्तन
फाइल फाेटाे

नेपालले त्रिकोणात्मक टि-२० अन्तर्राष्ट्रिय सिरिजकाे फाइनल खेलमा पपुवा न्युगिनी (पिएनजी) विरुद्ध टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पिएनजीका कप्तान असद भालाले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि नेपाल पहिला ब्याटिङमा उत्रने भएकाे हाे ।

नेपालले आज कमलसिंह ऐरीकाे स्थानमा साेमपाल कामीलाई माैका दिएकाे छ ।

कमल घाइते भएका कारण खेल्न नसक्ने भएका हुन् ।

नेपालकाे प्लेइङ -११

सन्दीप लामिछाने (कप्तान), आदिल अन्सारी, कुशल भुर्तेल, साेमपाल कामी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, करण केसी, अविनाश बोहरा, दीलिप नाथ (विकेटकिपर), आरिफ शेख र रोहितकुमार पौडेल ।





  • प्रकाशित मिति : चैत २१, २०७८ साेमबार १२:१२:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया