दीपेन्द्र टि-२० अन्तर्राष्ट्रियमा १००० रन बनाउने पहिलाे नेपाली खेलाडी

नेपाली मध्यक्रमका ब्याटर दीपेन्द्रसिंह ऐरीले टी-२० अन्तर्राष्ट्रियमा १००० रन पूरा गरेका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी त्रिकाेणात्मक अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत जारी फाइनलमा पपुवा न्युगिनी(पिएनजी) विरुद्ध २१ रन बनाएसँगै दिपेन्द्र टी-२० अन्तर्राष्ट्रियमा १००० रन बनाउने पहिलाे खेलाडी बनेका हुन् ।

उनले ३९ खेलमा एक शतक र चार अर्धशतकसहित याे उपलब्धि हात पारे ।

दीपेन्द्रले सन् २०१८ मा नेदरल्याण्ड्सविरूद्वकाे खेलमार्फत टी-२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए ।





  • प्रकाशित मिति : चैत २१, २०७८ साेमबार १३:३८:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया