त्रिकाेणात्मक सिरिज : नेपालले दियाे पिएनजीलाई १६९ रनकाे लक्ष्य

त्रिकाेणात्मक अन्तर्राष्ट्रिय टी-२० सिरिजकाे फाइनल खेलमा घरेलु टाेली नेपालले पपुवा न्युगिनी (पिएनजी) समक्ष १६९ रनकाे लक्ष्य प्रस्तुत गरेकाे छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रन बनायाे ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अविजित ५४ रनकाे अर्धशतकीय पारी खेले । ३८ बलकाे सामना गरेका उनले  ५ चाैका प्रहार गरे ।

करण केसी ३३ रनमा अविजित रहँदा आसिफ शेखले २९ र कुशल भर्तेलले २५ रन जाेडे ।

साताैं विकेटका लागि दीपेन्द्र र करणले अविजित ५४ रनकाे साझेदारी गरे ।

पिएनजीका सिमाे कामियाले तीन तथा चाड साेपर, कावुआ माेरेया र राइली हेकुरेले एक-एक विकेट हात पारे ।
 





  • प्रकाशित मिति : चैत २१, २०७८ साेमबार १४:१२:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया