त्रिकाेणात्मक सिरिजकाे उपाधि नेपाललाई

त्रिकाेणात्मक अन्तर्राष्ट्रिय टी-२० सिरिजकाे उपाधि घरेलु टाेली नेपालले जितेकाे छ ।

नेपालले साेमबारकाे फाइनलमा पपुवा न्युगिनी (पिएनजी)लाई ५० रनले पराजित गरेकाे हाे। सन्दीपकाे कप्तानीमा नेपालकाे याे पहिलाे अन्तर्राष्ट्रिय उपाधि हाे ।

१६९ रनकाे लक्ष्य पछ्याएकाे पिएनजीले  १६.१ ओभरमा सबै विकेट गुमाउँदै  ११८ रन मात्र बनाउन सक्याे ।

पिएनजीका लागि सेसे बाउले अर्धशतकीय पारी खेले पनि टाेलीलाई जित दिलाउन भने सकेनन् । ५९ रन बनाएका उनले ३८ बलमा ६ छक्का र एक चाैका प्रहार गरे।

चार्ल्स अमिनीले १५ रन बनाउँदा अन्य ब्याटरले दाेहाेराे अंकमा रन जाेड्न सकेनन् ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले चार, करण केसीले तीन तथा कप्तान सन्दीप लामिछानेले दुई  विकेट हात पार्दा एक विकेट रन आउटका रूपमा प्राप्त भयाे ।



यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रन बनाएकाे थियाे।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अविजित ५४ रनकाे अर्धशतकीय पारी खेले । ३८ बलकाे सामना गरेका उनले  ५ चाैका प्रहार गरे ।



करण केसी ३३ रनमा अविजित रहँदा आसिफ शेखले २९ र कुशल भुर्तेलले २५ रन जाेडे ।

साताैं विकेटका लागि दीपेन्द्र र करणले अविजित ५४ रनकाे साझेदारी गरे ।

पिएनजीका सेमाे कामियाले तीन तथा चाड साेपर, कावुआ माेरेया र राइली हेकुरेले एक-एक विकेट हात पारे ।

मलेसिया समेत सम्मिलित सिरिजमा नेपाल समूह चरणमा शतप्रतिशत जित निकाल्दै फाइनल पुग्दा पिएनजीले चारमध्ये एक जित हात पार्दै फाइनलमा स्थान बनाएकाे थियाे ।

  • प्रकाशित मिति : चैत २१, २०७८ साेमबार १५:४९:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया