राष्ट्रिय महिला लिग : ललितपुरमाथि पुलिसको सहज जित

चितवनको भरतपुरमा जारी राष्ट्रिय महिला लिग अन्तर्गत शनिबारको खेलमा विभागीय टोली नेपाल पुलिस क्लब विजयी भएको छ ।

पुलिसले लतितपुर महानगरपालिकामाथि ३-० को सहज जित हात पारेको हो । उसलाई जित दिलाउन निरु थापाले दुई तथा अमृता जैसीले एक गोल गरे । 

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५३ औं मिनेटमा निरुकाे गोलमार्फत् पुलिसले अग्रता लिएको थियो । 

७४ औं मिनेटमा निरुले नै पेनाल्टीमार्फत् टोलीको अग्रता दोब्बर बनाइन् । 

८० औं मिनेटमा अमृताले गोल गर्दै पुलिसलाई ३-० को सहज जित दिलाइन् । 

यो जितसँगै दोस्रो स्थानमा रहेको पुलिसले ६ खेलमा १५ अंक जोड्दा पराजित ललितपुर समान खेलबाट तीन अंकका साथ छैटौं स्थानमा छ । 





  • प्रकाशित मिति : चैत २६, २०७८ शनिबार १५:२०:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया