त्रिकाेणात्मक श्रृंखला विजेता खेलाडीलाई जनही २ लाख पुरस्कार

त्रिकोणात्मक टी-२० श्रृंखला विजेता नेपाली टिमका खेलाडीहरू पुरस्कृत हुने भएका छन् । 

चैत १४ देखि २१ गतेसम्म काठमाडौंमा भएको नेपाल, पपुवा न्युगिनी र मलेसियाबीचको श्रृखंलाको उपाधि विजेता नेपाली खेलाडीहरू नगद राशिले पुरस्कृत हुने भएका हुन् । 

बुधबार बसेको मन्त्रिपरिषदको बैठकले नेपाली राष्ट्रिय टिमका खेलाडीलाई जनही २ लाख रुपैयाँले पुरस्कृत गर्ने निर्णय गरेको हो । 

निर्णयअनुसार श्रृंखला खेलेका १६ खेलाडीले २-२ लाख नगद पुरस्कार पाउनेछन् भने मुख्य प्रशिक्षक पुबुदु दासानायकेले नगद १ लाख ५० हजार तथा अन्य अफिसियलले जनही १ लाख रुपैयाँ प्राप्त गर्ने छन् । 


 





  • प्रकाशित मिति : चैत ३०, २०७८ बुधबार १६:४४:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया