logo-img

बायर्नलाई लगातार १० औँ बुन्डेस लिगा उपाधि

बायर्न म्युनिखले लगातार दसौँपटक जर्मन बुन्डेसलिगाको उपाधि जितेको छ । गएराति भएको खेलमा बोरुसिया डर्टमण्डलाई ३–१ ले हराउँदै बायर्नले लगातार दसौँपटक बुन्डेसलिगाको उपाधि जितेको हो । 

बायर्नले सन् २०१३ देखि लगातार उपाधि जित्दै आएको छ । योसँगै ऊ युरोपको शीर्ष पाँच लिगमा लगातार १० उपाधि जित्ने पहिलो टोली बनेको छ । घरेलु मैदान एलियन्ज एरिनमा खेलको १५ औं मिनेटमा सेर्जी जिनाब्रीले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए ।

३४ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । ५२ औं मिनेटमा इम्री क्यानले  पेनाल्टीमार्फत गोल गर्दै डर्टमण्डलाई २–१ को स्थितिमा ल्याए ।



८३ औं मिनेटमा जमल मुसियालाले गोल गर्दै बायर्नलाई ३–१ को जित दिलाए । यो जितसँगै ३१ खेलमा ७५ अंक जोडेर शीर्ष स्थानमा रहेको बायर्नले तीन खेल अगावै उपाधि हात पारेको हो ।

पराजित डर्टमण्ड समान खेलबाट ६३ अंकका साथ दोस्रो स्थानमा छ । लिगअन्तर्गतकै अन्य खेलमा युनियन बर्लिनले लाइप्जिगमाथि २–१, कोलोग्नेले अर्मेनिया बेलिफिल्डमाथि ३–१ तथा लिभरकुसेनले ग्रेउथर फ्रुथमाथि ४–१ को जित निकाले ।

त्यस्तै, फ्रान्कफुर्ट र होफिनहिमले २–२ तथा फ्रेइबर्ग र बोरूसिया मोन्चेनगाल्डबाखले ३–३ को बराबरी खेले । 





  • प्रकाशित मिति : वैशाख ११, २०७९ आइतबार ७:०:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया