जसपा त्यागेका उमेशले गरे विराटनगरको मेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता

विराटनगर महानगरको मेयरका लागि उमेश यादवले उम्मेदवारी दर्ता गराएका छन् । शनिबार जसपा परित्याग गरेको घोषणा गरेका यादवले आइतबार विराटनगरको मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । 

आइतबार विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । नेता यादवले गठबन्धनबाट कार्यकर्तालाई ठूलो धोका भएको चर्चा गर्दै महानगर प्रमुखको पदमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् । 

२०७४ को निर्वाचनमा जसपाबाट महानगर प्रमुख पदमा उम्मेदवारी दिइ यादव तेस्रो भएका थिए । यादव जसपाका प्रभावशाली नेता हुन् । उनको विराटनगरमा बलियो पकड छ । स्वतन्त्र उम्मेदवारी दिएसँगै सत्तारुढ कांग्रेस र जसपाको भोट काटिने निश्चितप्रायः छ ।





  • प्रकाशित मिति : वैशाख ११, २०७९ आइतबार १४:२०:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया