जिम्बाब्वेसँग खेल्ने क्रिकेट खेलाडीको फिटनेस परीक्षण

जिम्बाब्वेको ए टोलीसँग खेल्ने राष्ट्रिय क्रिकेट टोलीको आज मंगलबार फिटनेस परीक्षण गरिएको छ । 

नेपाल क्रिकेट संघ (क्यान)ले जिम्बाबेविरुद्ध हुने एकदिवसीय र टी ट्वान्टी क्रिकेटका लागि २३ सदस्यीय राष्ट्रिय क्रिकेट टिमको घोषणा गरेसँगै टोलीलाई बन्द प्रशिक्षण सुरु भएसँगै फिटनेस परीक्षण गरेको हो । टोलीले मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सामान्य फिटनेसको वर्कआउट गरेको हो । यद्यपि श्रृखंलाका लागि टोलीले बुधबारबाट अभ्यास थाल्नेछ ।

कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने शृंखलामा क्यानले यसअघि सन्दीप लामिछानेको कप्तानीमा दिपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ सेख, रोहित पौडेल, बिनोद भण्डारी, करण केसी, सोमपाल कामी, देव खनाल, किशोर महतो, अदिल अन्सारी, भिम सार्की, सुसन भारी, पवन सरार्फ, अभिनाश बोहरा, बासिर अहमद, लोकेश बम, विवेक यादव, साहब आलम, सागर ढकाल, बिक्रम सोब र सुनिल धमलालाई समेटेर टोली घोषणा गरेको थियो । 

आयोजक नेपालले भ्रमणकारी टोली जिम्मेबाब्वे ए टोलीसँग तीन एकदिवसीय र तीन ट्वान्टी–२० शृंखला खेल्दै छ । यही टिमबाट खेलको दिन सुरुवाती ११ छनोट गरिने क्यानले जनाएको छ ।

शृंखला बैशाख १७ गते बाट हुँदै छ । १० दिन चल्ने सिरिजमा जिम्बावेका राष्ट्रिय टोलीमा रहेका खेलाडीको समेत सहभागिता रहने छ । एक दिवसीय शृंखला बैशाख १७ देखि २१ सम्म चल्ने छ भने ट्वान्टी–२० बैशाख २३ देखि २६ सम्म सञ्चालन हुने तालिका रहेको छ । 





  • प्रकाशित मिति : वैशाख १३, २०७९ मंगलबार १७:४६:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया