logo-img

बुन्डेस लिगामा मेन्जविरुद्ध बायर्न ३-१ ले पराजित

लिग विजेता बायर्न म्युनिख जर्मन बुन्डेसलिगामा पराजित भएको छ । ऊ गएराति भएको खेलमा घरेलु टोली मेन्जसँग ३–१ पराजित भएको हो ।

मिवा एरिनामा १८ औं मिनेटमा जोनाथन बर्कार्डले मेन्जलाई अग्रता दिलाएका थिए । २७ औं मिनेटमा मौसा नियाखाटेले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए ।

३३ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले बायर्नलाई २–१ को स्थितिमा ल्याए ।  ५७ औं मिनेटमा लिन्द्रो बरिरोले गोलरेपछि मेन्जले ३–१ को जित निकाल्यो ।



जितसँगै मेन्ज ३२ खेलमा ४२ अंक जोडेर नवौं स्थानमा उक्लिँदा पराजित बायर्न समान खेलबाट ७५ अंकका साथ शीर्ष  स्थानमा छ ।





  • प्रकाशित मिति : वैशाख १८, २०७९ आइतबार ७:१६:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया