कांग्रेसलाई उछिन्दै वीरेन्द्रनगरमा एमालेको अग्रता
फाइल तस्वीर

वीरेन्द्रनगर नगरपालिकामा नेपाल कम्युनिस्ट पार्टी एमालेले अग्रता लिएको छ । यसअघि नगर प्रमुख पदमा कांग्रेसका उम्मेदवारले अग्रता लिइरहेका थिए । 

हालसम्मको मतमणनामा नेकपा एमालेबाट नगरप्रमुखकी उम्मेदवार मोहनमाया भण्डारी अगाडि देखिएकी छिन् । 

भण्डारीले दुई हजार पाँच सय ८६ मत पाएकी छिन् भने कांग्रेसका उम्मेदवार उपेन्द्रबहादुर खड्काले दुई हजार पाँच सय ५८ मत पाएका छन् । 

यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टी तर्फबाट उम्मेदवार मुकुन्दश्याम गिरीले एक हजार ६३ मत पाएका छन् । 

कांग्रेसका उम्मेदवार खड्काभन्दा एमालेकी उम्मेदवार भण्डारी २८ मतले अघि छिन् ।

यसैगरी वीरेन्द्रनगरको उपप्रमुख पदमा नेकपा एमालेका उम्मेदवार निलकण्ठ खनालले दुई हजार नौ सय ९७ मत पाएका छन् । 



खनाल आफ्ना प्रतिद्वन्द्वी माओवादी केन्द्रकी शान्ति ढकालभन्दा आठ सय चार मतले अघि छन् ।

अहिले वीरेन्द्रनगरका १, २ र १६ नम्बर वडाको मतगणना भइरहेको छ ।



  • प्रकाशित मिति : जेठ १, २०७९ आइतबार १६:४०:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया