आफ्नै पार्टीका उम्मेदवारविरुद्ध महेश बस्नेतको विषवमन : मदनसुन्दरप्रतिको वितृष्णाले मध्यपुरमा एमालेको हार

नेकपा एमालेका नेता महेश बस्नेतले एमालेप्रति नभई मदनसुन्दर श्रेष्ठप्रतिको वितृष्णाले मध्यपुर थिमिमा एमालेले हार व्यहोर्नुपरेको बताएका छन् । बुधबार अन्तर्वार्तामा उनले एमालेप्रतिको वितृष्णाले नभई मदनसुन्दरको वितृष्णाले नगरमा एमाले हार्नुपरेको दाबी गरे । उनले भने, ‘यसो भन्दा मदनसुन्दरलाई नराम्रो लाग्न सक्छ, तर यही नै वास्तविकता हो।’ 

‘मैले त उम्मेदवारी दिँदा नै मदनसुन्दरलाई नदोहर्‍याऔँ, बरु प्रदेशसभामा पछि उठनुस् भनेको थिएँ, उनले भने, मनदसुन्दरले जिद्दी गर्नुभयो ।’ यसैको परिणामस्वरुप एमालेले हार व्यहोर्नुपरेको उनको भनाइ थियो । 

मध्यपुर थिमि नगरपालिकाको निवर्तमान मेयर मदनसुन्दर यसपटकको निर्वाचनमा कांग्रेसका सुरेन्द्र श्रेष्ठबाट मेयर पदमा पराजित भए। जिल्लामा मदनसुन्दर महेश बस्नेतविरुद्धको समूहका मानिन्छन्।  





  • प्रकाशित मिति : जेठ ४, २०७९ बुधबार १९:४:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया