भलिबल खेल्ने क्रममा झडप हुँदा एक युवाको मृत्यु

जाजरकोटको जुनिचाँदे गाउँपालिका–९ धडगाउँमा भलिबल खेल्ने क्रममा युवाबीच झडप हुँदा घाइते भएका खड्काको बुधबार राति मृत्यु भएको छ ।

भलिबल खेल्ने क्रममा विवाद हुँदा बुधबार जुनिचाँदे गाउँपालिका–९ मा युवाको समूहले ३६ वर्षीय रेशमबहादुर खड्कामाथि कुटपिट गरेका थिए ।
 
घाइते खड्कालाई उपचारका लागि सुर्खेततर्फ ल्याउँदै गर्दा बुधबार राति बाटोमा मृत्यु भएको कर्णाली प्रदेश प्रहरीले जनाएको छ ।

उक्त घटनामा संलग्न आरोपमा प्रहरीले पाँचजना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जुनिचाँदे गाउँपालिका–९ का २६ वर्षीय नरेन्द्र बस्नेत, २० वर्षीय जनक बस्नेत, १७ वर्षीय रविन बस्नेत, २० वर्षीय प्रेमबहादुर बस्नेत र ३० वर्षीय शिव बस्नेत रहेका छन् ।

घटनाका बारेमा थप अनुसन्धान अघि बढिरहेको कर्णाली प्रदेश प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : जेठ ५, २०७९ बिहीबार १७:३६:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया