logo-img

निजगढ विमानस्थल निर्माण रोक्ने निर्णय पुनरावलोकन नभएसम्म बारामा आन्दोलन जारी रहने

निजगढमा निर्माण हुने भनिएको अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सर्वोच्च अदालतले गरेको फैसलाको विरोधमा आइतबार साँझ निजगढमा स्थानीय युवाहरुले मसाल जुलुस प्रदर्शन गरेका छन् ।

स्वतन्त्र निजगढ युवा विद्यार्थी सरोकार मन्चको आयोजनामा युवाहरुले निजगढस्थित पूर्वपश्चिम लोकमार्गको विभिन्न स्थानबाट मसाल जुलुस प्रदर्शन गरेका हुन् । 

मसाल जुलुस नियन्त्रण गर्न सुरक्षाकर्मी परिचालन गरिएपछि युवाहरुले नगरका विभिन्न स्थानबाट जुलुस निकालेका हुन । उनीहरुले निजगढस्थित बुद्ध चोक, सहिद चोक र लायन्स चोकलगायतका स्थानबाट छड्के जुलुस निकालेका हुन् ।



जुलुसपछि भएको कोणसभालाई सम्बोधन गर्दै निजगढ सरोकार समितिका संयोजक एकबहादुर श्रेष्ठले सर्वोच्चले त्रुटिपूर्ण निर्णय गरेर विकासमा अवरोध गरेको भन्दै जिल्लामा बन्ने राष्ट्रिय महत्व बोकेको गेमचन्जर योजनामाथि अकल्पनीय ढंगले अदालतबाट आदेश हुनु दुर्भाग्यपूर्ण भएको बताएका छन् । उनले अन्तर्राष्टि«य विमानस्थल निर्माणको चर्चाले तराईवासीमा बढेको उत्साह र समृद्धिको सपनालाई सर्वोच्चको निर्णयले तुसारापात गरेको बताए ।

कार्यक्रममा सहभागीहरुले सर्वोच्च अदालतको निर्णय पुनरावलोकन नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् । 





  • प्रकाशित मिति : जेठ १५, २०७९ आइतबार २२:२:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया