जिसस धनुषामा कांग्रेसका सबै उम्मेदवार निर्विरोध

जिल्ला समन्वय समिति धनुषामा नेपाली कांग्रेसका सबै उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । 

बुधबार जिससका प्रमुख, उपप्रमुख सहित सातजना सदस्यको मनोनयन दर्ताको समय रहेकोमा कुल नौजनाले मात्र उम्मेदवारी दिएका छन् । 

प्रमुखमा राजनन्द मण्डल राज, उपप्रमुखमा संगीतादेवी ठाकुरको मात्र उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए । 

त्यस्तै, सदस्यहरूमा ईश्वरीप्रसाद शर्मा, डम्बरबहादुर थापा मगर, फगु यादवको उम्मेदवारी परेको थियो भने महिला सदस्यहरूमा गीतादेवी यादव, विकादेवी मिजार र सोनितादेवी सदाको मात्र उम्मेदवारी परेको उनले बताए । 

यता, दलित वा अल्पसंख्यक सदस्यमा महेन्द्र महतोले मात्र उम्मेदवारी दर्ता गराएको प्याकुरेलले जानकारी दिए । 

उनले जिससका लागि एक प्रमुख, एक उपप्रमुख र सात सदस्य गरी नौजना आवश्यक रहेकोमा नौजनाको मात्र उम्मेदवारी परेको बताए । 



यद्यपि, उनीहरुलाई अहिले निर्विरोध निर्वाचित भएको घोषणा भने गर्न बाँकी रहेको मुख्य निर्वाचन अधिकृत प्याकुरेलले बताए ।



  • प्रकाशित मिति : जेठ २५, २०७९ बुधबार २१:१२:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया