विध ल्याबका सञ्चालक भण्डारीविरुद्ध ६ करोड २४ लाखको भ्रष्टाचार मुद्दा

विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीविरुद्ध ६ करोड २४ लाख गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले व्यवसायी भण्डारीविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियारले उनलाई भ्रष्टाचार निवारण ऐन अनुसार कैद र जरिवानाकोमाग गरेको छ।


भण्डारीले २१ असोज २०७३ देखि १ साउन २०७७ सम्म नासु सरहको वरिष्ठ व्यवस्थापन सहायक सेवामा रहँदा उक्त रकम गैरकानुनी रूपमा आर्जन गरेको अख्तियारको आरोप छ।उनी स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान अन्तर्गतको ग्रामीण विकास प्रशिक्षण केन्द्र, झापामा कार्यरत थिए। 

अख्तियारले विशेष अदालतमा दायर गरेको मुद्दामा ६ करोड २४ लाख ६५ हजार रुपैयाँ बिगो दावी गरेको छ। उनीसँग रहेको ६ करोड ६ लाख ४१ हजार ८१३ रुपैयाँ र अपुग १७ लाख ६२ हजार उनको एकल स्वामित्वमा रहेको कम्पनीहरुबाट जफत गर्न अख्तियारले माग गरेको छ। 

कोरोना महामारीको समयमा उनले विध ल्याब सञ्चालन गरेका थिए । 





  • प्रकाशित मिति : असार ३, २०७९ शुक्रबार १८:८:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया