logo-img

इंग्लिस प्रिमियर लिगः लिभरपुल र चेल्सीको जित

एजेन्सी– इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगितामा शनिबार भएको खेलमा लिभुरपुलले ब्राइटनमाथि १–० को जित निकालेको छ । लिभरपुलका लागि मोहम्मद सलालले गोल गरेका हुन् । 

खेलको सुरुदेखि नै आक्रामक रुपमा प्रस्तुत भएको लिभरपुलले दोस्रो हाफमा मात्र गोल गर्न सक्यो । दोस्रो हाफ सुरु भएको पाँच मिनेटमा सलाहले गरेको गोल नै निर्णायक बनेको हो । लिभरपुलले पाएको पेनाल्टी अवसरमा सलाहले गोल गरेका हुन् । 

 

चेल्सीसँग न्युक्यासल पराजित

 



 

शनिबार नै भएको अर्को खेलमा चेल्सीले न्युक्यासललाई पराजित गरेको छ । घरेलु मैदानमा भएको खेलमा चेल्सीले न्युक्यासलमाथि २–१ को जित निकालेको हो । चेल्सीका लागि पेड्रो र विलियम्सले गोल गरेका हुन् । न्युकासलका लागि कैरन क्लार्कले १ गोल गरेका हुन् । 



खेलको नवौं मिनेटमा चेल्सीले अग्रता लिएको हो । चेल्सी पेड्रोले पहिलो गोल गरेका हुन् । पहिलो हाफको अन्तिम समयमा न्युक्यासलले बराबरी गोल फर्काएको थियो । 

पहिलो हाफमा १–१ को बराबरी भएको खेलमा चेल्सीले दोस्रो हाफको १२औं मिनेटमा टोलीका लागि दोस्रो गोल ग¥यो । त्यसपछि दुवै टोलीबाट कुनै गोल हुन नसकेपछि चेल्सीले २–१ गोलअन्तरले विजयी भएको हो ।  

यससँगै लिभरपुल लिगको शीर्ष स्थानमा कायम छ । उसले २२ खेलबाट ५७ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको २१ खेलबाट ५० अंक छ ।
 

  • प्रकाशित मिति : पुस २९, २०७५ आइतबार १०:७:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया